पोखरा, १९ कात्तिक । गर्भवती महिला तथा पाठेघर र स्तन क्यान्सर सम्वन्धी सचेतना तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा माछापुच्छ«े र लियो क्लब अफ पोखरा माछापुच्छ«ेको आयोजनामा रुपा गाउँपालिका ५ देउराली फेदीमा शनिबार कार्यक्रम भएको हो ।
कार्यक्रममा ७० जना महिलाको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणमा समस्या देखिएका बिरामीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मोडेल हस्पिटलमा थप उपचारका लागि बोलाइएको क्लबका सचिव पुर्ण न्यौपानेले जानकारी दिए । ‘स्वास्थ्य परीक्षण गरिएका बिरामीको थप उपचार पनि निःशुल्क हुनेछ,’ उनले भने ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कास्की मोडल हस्पिटलको प्राविधिक सहयोगमा भएको उक्त सचेतना कार्यक्रममा मिडवाइफरी सोसाइटी अफ नेपालका नर्सहरु सहभागी थिए । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

LEAVE A REPLY