पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा भएको एक आत्मघाती आक्रमणमा ज्यान गुमाउने व्यक्तिको संख्या २० पुगेको छ ।

झाल मुग्सी जिल्लामा अवस्थित सुफी मुस्लिम धर्मावलम्वीको पवित्रस्थलनजिकै बिहीबार भएको सो आत्मघाती हमलामा तत्काल १३ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका थिए ।

त्यस आक्रमणका घाइतेमध्ये थप सात जनाको मृत्यु भएको छ । सो संख्या शुक्रबारसम्म २० जना पुगेको बताइएको छ । यस घटनामा परी अन्य ३० जना घाइते भएका सरकारी अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

बलुचिस्तानको गान्दवा क्षेत्रको झाल मुग्सी जिल्लामा रहेको उक्त धार्मिकस्थल इरान र अफगानिस्तानको सीमा क्षेत्रमा रहेको छ ।

मस्जिद बाहिर सुरक्षार्थ खटिएका प्रहरीले आक्रमणकारीलाई मस्जिद परिसरमा पस्न रोकेपछि एक मस्जिदबाहिरै विस्फोट गराएका थिए ।

प्रार्थनाका लागि मस्जिद गइरहेका र प्रार्थनागरी फर्कदै गरेका १३ जना स्थानीय वासिन्दाको तत्काल मृत्यु भएको वरिष्ठ सरकारी अधिकारी असाद ककारले एएफपी समाचार समितिलाई बताएका छन् ।(रासस/एएफपी)

 

LEAVE A REPLY