पोखरा ५ जेठ । पोखरा लेखनाथ महानगरपालिकामा शुक्रवार साझ सम्म २५ प्रतिशत मात्र मत गणना भएको छ । ३३ वडा रहेको महानगरमा ११ वटा वडाको मात्रै अन्तिम परिणाम सार्वजनिक भएको छ ।

महानगरमा कुल खसेको एक लाख २५ हजार ९३२ मत मध्ये ११ वटा वडाको ३१ ह्जार ३७० मतको मात्रै अन्तिम नतिजा आएको हो । नतिजा सार्वजनिक भएको ११ मध्ये कांग्रेसले ५ वडामा प्यानल सहित र दुई वडामा मिश्रित परिणाम सहित वडाध्यक्ष जितेको छ । त्यस्तै एमालेले तीन वडामा प्यानल र एउटा वडामा मिश्रित परिणाम सहित वडाध्यक्ष जितेको छ ।

मतगणनालाई छरितो बनाउन एक साथ ४ वडाको छुट्टा छुट्टै स्थानमा गणनाको लागि ११ वटा समुह बनाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना सुरु भएको पाँच दिन वित्दा पनि २५ प्रतिशत मात्र गणना हुदा महानगरको नतिजा आउन ढिलो हुने अनुमान गरिएको छ ।

LEAVE A REPLY