चैत्र २०, पोखरा l अपांङ्ग खेलकुद समिति कास्की र स्वाबलम्बन जिवन पद्धती समाज नेपालको संयुक्त आयोजनामा पोखरामा पाँचौ भिबोर सोसाइटी राष्ट्रिय ह्विल चियर बास्केटबल प्रतियोगिता–२०७३ आइतबारदेखि शुरु भएको छ । पोखरा रंगशालामा शुरु भएको प्रतियोतिगाको उद्घाटन खेलमा अपाङ्ग खेलकुद समिति कास्कीले चितवनको फ्रेण्डशिप सोसाइटी फर स्पाइनल कर्ड इन्जुरी खेलकुद संघलाई ३१–२ स्कोरको फराकिलो अन्तरले पराजित ग¥यो । आइतबारनै भएको अर्को खेलमा जाउलाखेल खेलकुद संघले ह्विलचियर स्पोर्ट एशोसिएसन काठमाण्डौलाई ५४–११ स्कोरले पराजित ग¥यो ।
यसअघि समाजसेवी गणेशबहादुर भट्टराईले एक समारोहका विच प्रतियोतिगाको उद्घाटन गरेका थिए । रेफ्रिद्वय मधु रावल र श्रीराम लामालाई बास्केटबल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरिएको हो । प्रतियोगिताको फाइनल खेल सोमबार दिउँसो हुने प्रतियोतिगा संयोजक भरतबिक्रम बानियाँको सभापतित्वमा भएको उद्घाटन समारोहमा स्वाबलम्बन जिवन पद्धती समाज नेपालका महासचिव हेम गुरुङ्गले सञ्चालन गरेका थिए ।
उद्घाटन अगाडी प्रतियोतिगामा सहभागि ६ टिमका खेलाडीहरुलाई ब्याण्ड बाजाको सम्मापन सहित पोखरा रंगशालामा ल्याएको थियो । सशस्त्र प्रहरी बलको मुक्तिनाथ बाहिनीले उक्त बाजाको व्यवस्था गरेको हो । प्रतियोतिगामा सहभागि ६ टिमलाई २ पोलमा राखेर लिगकम नकआउटका आधारमा खेल खेलाइएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार सहित ट्रफि मेडल, द्वितिय हुनेले नगद १० हजार सहित ट्रफि मेडल तथा तृतीय हुने समुहले ५ हजारका साथमा ट्रफि मेडल पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि उत्कृष्ट र हाइयष्ट स्कोरर खेलाडीले वल्र्ड भिजनको तर्फबाट मोवाइल पुरस्कार प्राप्त गर्नेछन् ।

LEAVE A REPLY