काभ्रे,२२ कात्तिक  । काभ्रेको पाँचखालमा आज विहान ट्रिपरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

बा ४ ख ३२६८ नम्बरको ट्रिपरले पाँचखालको तामाघाटमा ठक्कर दिँदा स्थानीय प्रेम कुँवरका ५ वर्षीय छोरा राम कुँवरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बनेपाका प्रमुख शेखरजंग मल्लले जानकारी दिए । बालकको मृत्युपछि स्थानीयबासीले अरनिको राजमार्ग अवरुद्ध पारेका छन् ।

LEAVE A REPLY