फाइल तस्वीर

चितवन, चैत २१ – मुग्लिन–नारायणगढ सडक खण्डमा सोमबार बिहान एक्कासी पहिरो खस्दा केही गाडी पुरिएका छन् । चितवनको कविलासको घुमाउने भन्ने ठाउँमा सुख्खा पहिरो खसेको चितवनका एसपी दीपक थापाले जानकारी दिनुभयो ।

चारवटा गाडी र ५ वटा मोटरसाइकल पुरिएको हो । एउटा बस, एउटा ट्रक, एउटा पिकअप भ्यान र कार पुरिएको हो । घाइते दुईजनाको उद्धार गरिएको छ । अरु केही मानिस पुरिएको आशंका छ ।

@Ujyaaloonline

LEAVE A REPLY