काठमाडौं, असार ८– लोकप्रिय लोक तथा दोहोरी गायक पशुपति शर्मा र गायिका जुना श्रीस मगरले ‘माईती भन्छन् किन आइती’ बोलको तीजको नयाँ गीत बजारमा ल्याएका छन् । पशुपति शर्माको लय तथा शब्द रहेको यस गीतमा पशुपति र जुनाकै स्वर रहेको  छ ।

मगर क्रियसनको निर्माण रहेको यस म्युजिक भिडियोको  प्रकाश भट्टले निर्देशन गरेका छन् । यस गीतमा पशुपति शर्मा, जुना श्रीस मगर, दिलकुमारी राम्जाली तथा बालकलाकारहरु शास्वत शर्मा र  लुबिना शर्माको अभिनय रहेको छ ।  – ujyaaloonline

LEAVE A REPLY