पोखरा, बैशाख ०१ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ पृथ्वीचोकमा रहेको पवित्र वचत तथा ऋण सहकारी संस्थाले नव वर्ष २०७४ सालको अवसरमा प्रकाशन गरेको २०७४ सालको भित्तेपात्रो विमोचन गरिएको छ।
कार्यक्रमको प्रमुख अतिथि रानाभाट, भाट समाज नेपालका पुर्व केन्द्रिय अध्यक्ष खड्गबहादुर रानाभाटले विमोचन गरेका थिए।
सो अवसरमा सहकारीका संस्थापक अध्यक्ष कृष्णराम रानाभाट, भित्तेपात्रो प्रकाशन समितिका संयोजक सु.वोधराज रानाभाट, ठाकुरप्रसाद रानाभाट, नरेन्द्र रानाभाट, श्रीबहादुर रानाभाटलगाएतले शुभकामना व्यक्त गरेका थिए।
उक्त कार्यक्रममा फेदीखोला गाउँ पालिका वडा नं. ३, भाटखोला निवासी सु.वोधराज रानाभाटले पोलेमनपा वडा नं. २६ लेखनाथ, कालिकाचोकस्थित रानाभाट÷भाट समाजको बहुउद्धेश्यिय भवन निर्माणको लागि २५ हजार सहयोग प्रदान गरेका छन्।
उक्त रकम वुझ्दै भवन निर्माण समितिका संयोजक ठाकुरप्रसाद रानाभाटले भवनको ७५ प्रतिशत कार्य सम्पन्न भई सकेको जानकारी गराएका थिए।
पवित्र साकोसका अध्यक्ष मीनाकुमारी रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष शिबबहादुर रानाभाट र संचालन सचिव श्रीधर रानाभाटले गरेका थिए।

LEAVE A REPLY