विराटनगर, मंसिर २८ । परीक्षा रद्द गर्न माग गर्दै विद्यार्थीहरुले बिहीबार मोरङ, गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा तोडफोड गरेका छन् ।
विद्यार्थीले जीपी कोइराला कलेज अफ कृषि संकायको कार्यालयमा तोडफोड गरेका हुन् ।आन्दोलित विद्यार्थीले कार्यालयको झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस प्रमुख अजयकुमार शाहको कुर्सीसमेत जलाएका छन् ।
विश्वविद्यालयले लिएको एग्रो मेट्रोलोजी एन्ड क्लाइमेट चेन्ज विषयको परीक्षाको प्रश्नपत्र आउट गरिएको भन्दै पुनः परीक्षाको माग गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँमा उनीहरु अध्ययनरत् थिए । यस विषयमा ४७ विद्यार्थी अध्यायनरत् छन् ।
क्याम्पस प्रमुख अजयकुमार शाहले विद्यार्थीको आन्दोलनकाबारेमा आफूले बुधबार नै उपकुलपति र डीनलाई जानकारी गराइसकेको जानकारी दिए ।

LEAVE A REPLY