१९ वैशाख, झापा । झापाको मेचीनगर नगरपालिका–६ बाट मानव खप्परसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको दार्जिलिङ जिल्ला खोरीबारी थाना गौरसिंहजोर–६ निवासी ६६ वर्षीय भगीरथ सिंह १५ थान मानव खप्परसहित सोमबार राति पक्राउ परेका हुन् ।

पूर्वी नाका काँकडभिट्टा भएर नेपालतर्फ आउँदै गरेका उनलाई चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मानव खप्परसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY