पोखरा, ११ वैशाख। स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले कुनै पनि निर्वाचनमा पत्रकार तटस्थ रहनुपर्ने बताएका छन्।
संघको दोश्रो महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीहरुको सम्मानमा रुपन्देही शाखाद्वारा बुटवलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष बास्तोलाले स्थानीय निर्वाचन २०७४ सफल पार्न पत्रकारहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए।
आम नागरिक सरह पत्रकारले मतदान गरे कुनैपनि राजनैतिक वा स्वतन्त्र उम्मेदवारका पक्षमा बोल्न र लेख्न नहुने उनले बताए।
‘निर्वाचनमा सहभागी हुन आम नागरिकलाई पत्रकारले उत्साहित बनाउनु पर्छ।’ बास्तोलाले भने–तर यो वा ऊ पक्षलाई भोट दिनोस् भन्नु पत्रकार आचार संहिता विपरित कार्य हो।
पत्रकारहरु राजनीति भन्दा माथि उठ्नु पर्ने धारणा राख्दै उनले भने– ‘पत्रकारले सबै राजनीतिक पार्टीलाई समानरुपमा हेर्नुपर्छ’।
कार्यक्रम रुपन्देही शाखाका अध्यक्ष बाबुराम गैरेको अध्यक्षतामा भएको थियो।

LEAVE A REPLY