पर्वत, १ मंसिर l पर्वतको कुस्मा नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेमा शुक्रबार एक यात्रीबहाक बस दुर्घटना हुँदा  १ जनाको मृत्यु भएको छ । एक जनाको घटना स्थलमै र दुई जनाको उपचारको लागि पोखरा ल्याउदै गर्दा मृत्यु भएको हो ।दुर्घटनामा पोखरा–लेखनाथ महानगरपालिका मालेपाटनका दीपक गुरुङको मृत्यु भएको छ । अन्य दुई जनाको परिचय खुल्न सकेको छैन् ।

दुर्घटना अरु ३८ जना घाइते भएका छन् । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको र घाइतेहरुलाई उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।  घाइतेहरुको फेवासिटि अस्पताल, गण्डकी अस्पताल, मणिपाल अस्पताल र मेट्रोसिटि अस्पतलामा उपचार भइरहेको छ ।

बालाचतुर्दशीको अवसरमा पञ्चासेमा सद्बीज छर्नका लागि गएका यात्रीहरु लिएर फर्कने क्रममा ध १ ख ८७ नम्बरको बस पर्वत, कास्की र स्याङ्जाको सिमानामा पर्ने भञ्याङमा सडकबाट करिब १०० मिटर तल खसेको जनाइएको छ ।

LEAVE A REPLY