पोखरा, १७ भदौ । नेशनल प्याव्सान कास्कीको आयोजनामा पाँचौँ अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले कलाकारिता मात्र नभई सम्पूर्ण क्षमताको विकासमा विद्यालयहरूको विशेष भूमिका रहेको उल्लेख गरे।

कलाविनाको जीवन सरस हुननसक्ने बताउँदै उनले पोखरेली माटोमा कलाको बीऊ अत्यन्त सुन्दर तरिकाले मौलाउने यथार्थलाई हृदय·मगर्दै निरन्तर कलाको विकासमालागेर प्रदेश नं. ४ र सिङ्गो देशको कलामा थप योगदान दिनको लागि आवश्यक रहेको उल्लेख गरे। कार्यक्रममा ै नेशनल प्याव्सानका केन्द्रीय उपाध्यक्ष याम खड्काले सबैभन्दा पुरानो कलाका रूपमा रहेको चित्रकला र अन्य विविध कलाले जीवनका हरेक क्षणलाई सुन्दर बनाउने हुँदा जुन कार्य गर्दा पनि कलात्मक ढंगले गर्नुपर्ने बताए।

कार्यक्रममा नेशनल प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीले विद्यार्थीको सर्वा·ीण विकासका लागि विद्यालयले विशेष भूमिका खेल्नुपर्ने बताए।

कलाको भाषा निकै फरक हुने र यसलाई बुझ्नेले मात्र जीवनको सही अर्थ बुझ्न सक्ने बताउँदैे विद्यार्थीको प्रतिभा प्रष्फुटन गर्न नेशनल प्याव्सान कास्कीले निरन्तर विविधकायक्रम गर्दै आएको र आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए।

प्रतियोगितामा कास्की मोडर्नाइज्ड एकेडेमीका छात्र युकेश सुनार प्रथम पुष्प सदन एकेडेमीकी छात्रा करुणा अर्याल द्वितीय, त्रिवेणी पब्लिक माविका मिलन विक तृतीय र हार्बर्ड एकेडेमीका मनिष थापा सान्त्वना भए। प्रतियोगिताको निर्णायकमा पोखरेली कलाकारिताका क्षेत्रमा निरन्तर व्रिmयाशील स्रष्टा गोपाल श्रेष्ठ र बुद्धि गुरुङ रहेका थिए।

सोही अवसरमा भर्खरै जगदम्बाश्री पुरस्कारबाट पुरस्कृत हुन लागेका प्रमुख अतिथि दुर्गा बराल ‘वात्स्यायान’ लाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो। नेशनल प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रममा रोशन कोइरालाले स्वागत चित्रकला प्रतियोगिता कार्यक्रमका संयोजक अर्जुनप्रसाद पाण्डेले धन्यवाद र सञ्जीव पौडेलले कार्यक्रम सञ्चलन गरेका थिए।

LEAVE A REPLY