पोखरा, ९ भाद्र । पोखरा लेखनाथ महानगरपालिका २७ तालचोकमा रहेको नेशनल एफ एम ८८.२ मेगाहर्जले विगतका वर्षमा जस्तै यस वर्ष पनि संस्कृतिको जगेर्ना गर्ने उद्धेश्येले नेपाली नारीको महान पर्व हरितालिका तिजको पावन अवसरमा नेशनल एफ एमको प्राङ्गणमा तिज गीत प्रतियोगिता सम्पन्न भएको छ ।

नेशनल एफ एम कार्यसमितिका अध्यक्ष शैलेन्द्र मोहन भट्टराइको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा कास्की दुष्टिविहिन दिदी बहिनी समूह प्रथम, रन्जु थापाको समूह द्धितीय , विना तिवारीको समुह तृतिय, लिटल फ्लावर एजुकेशनल एकेडेमीले सान्त्वना स्थान हासिल गरेको छ भने रेड गोल्ड मन्टेश्वरी ले उत्कृष्ट भेषभुषाको पुरस्कार प्राप्त गरेको छ भने गिता अधिकारीको समूहले उत्कृष्ट शब्द चयनको पुरस्कार प्राप्त गरेको छ ।

कार्यक्रम संयोजक रोशन कोइरालाले सन्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि अम्वे सिमेन्टका क्षेत्रिय प्रवन्ध निर्देशक जीवन न्यौपानेले संस्कृतिको जगेर्नामा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने बताए । स्टेशन प्रमुख प्रमोद कुमार पौडेलले स्वागत गरेको उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष कृष्णहरी भण्डारी, महासचिव छत्रधर आत्रेय , निवर्तमान अध्यक्ष बाबुराम गिरी, लेखनाथ लायन्स क्लबका निवर्तमान अध्यक्ष सूर्यनायरायण बराल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

अम्बे सिमेन्ट र सप्त गण्डकी आर एम सी ले मूख्य प्रायोजन गरेको कार्यक्रममा लेखनाथका विभिन्न सामाजिक संघ सस्थाहरुको सहभागिता रहेको थियो भने सास्कृति कार्यक्रम नेशनल एफ एमका कार्यक्रम प्रस्तोता बज्रराज अधिकारीले गरेका थिए । कार्यसमितिका उपाध्यक्ष विश्वराज तिवारीले धन्यवाद ज्ञापन गरेका थिए ।
ब्ततबअजmभलतक बचभब

LEAVE A REPLY