पोखरा, १७ चैत्र l नेवाः पत्रकार पुचः कास्कीको प्रथम अधिवेशनले सञ्जय मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सन्देश श्रेष्ठ, महासचिवमा अनिशा श्रेष्ठ, कोषाध्यक्षमा गणेशकुमार श्रेष्ठ र सचिवमा सुरज श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा दीपक के. श्रेष्ठ, सुरज श्रेष्ठ , सुशीलकुमार श्रेष्ठ, कविता श्रेष्ठ, सोनी सुवाल तथा आमन्त्रित सदस्यमा अंशु शाक्य, निरज कायस्थ र दीपक मुल्मी चयन चयन भएका छन् ।

यसैबीच, समितिको पहिलो बैठकले नेवाः पत्रकार पुचः कास्कीको सल्लाहकारमा दीपेन्द्र श्रेष्ठ, उदयबहादुर अमात्य र सुनयना पालिखेलाई चयन गरेको छ । त्यस्तै, नेवा खलः कास्कीको यहि चैत २६ गते हुने अधिवेशनमा नेवाः पत्रकार पुचःको प्रतिनीधिको रुपमा अध्यक्ष सञ्जय मल्ल, उपाध्यक्ष सन्देश श्रेष्ठ र सचिव अनिशा श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।

यसअघी अधिवेशनको उद्घाटन शत्रमा बोल्दै नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारी सभ्यता, संस्कृती, भाषा, परम्परालगायतका पक्षमा कलम चलाएर नेवारी पहिचान स्थापित गर्नका लागि सघाउन आग्रह गरे ।पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कुनैपनि जातीको संस्कृति, परम्परा, भाषा देशकै सम्पति भएकाले यसलाई जोगाउन पत्रकारले भूमिका खेल्नुपर्ने बताए । पत्रकारहरुको वृत्ति विकासका लागि महासंघले प्रयास गरिरहेको बताउँदै उनले नेवार पत्रकारहरुको लागि पनि सहयोग गर्ने आश्वासन दिए ।

अधिवेशनको अवसरमा पत्रकार महासंघ कास्कीमा नवनिर्वाचित अध्यक्ष दीपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष सञ्जय मल्ल, सदस्य सुरज श्रेष्ठ, प्रदेश पार्षद सुरज श्रेष्ठ (फोटो पत्रकार) तथा मिस नेवा ११३७ अंशु शाक्य, फष्र्ट रनर अप निकिता लिगल र सेकेण्ड रनर अप प्रार्थना डङ्गोल, ल्याम्ह पुचः कास्कीका नवनिर्वाचित अध्यक्ष रामबहादुर रजक, मिसा पुचः कास्कीका नवनिर्वाचित अध्यक्ष शान्ति उदासलगायतलाई सम्मान गरिएको थियो ।

नेवाः पत्रकार पुचःका तदर्थ समितिका संयोजक सञ्जय मल्लको अध्यक्षतामा भएको कार्यक्रममा मिस नेवाः ११३७ अंशु शाक्य, सन्देश श्रेष्ठलगायतले बोलेका थिए ।

LEAVE A REPLY