पोखरा ,बैशाख २१ l नेपाल इङलीस ल्याङग्वेज टिचर्स एसोसिएसन (नेल्टा) पोखराको विसौ अधिवेशन संस्थाका अध्यक्ष पितृराज बास्तोलाको अध्यक्षतामा तथा नेल्टाका केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यतामा पोखरामा सम्पन्न भएको छ । अधिवेशनले मिनु कुँवरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।
कार्यक्रमको उदघाटन गर्दै नेल्टाका केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष लक्ष्मण ज्ञवालीले नेल्टा पोखराको कार्यको प्रशंशा गर्दै अनुसन्धानमुलक कार्यमा लाग्न सल्लाह समेत दिनुभयो । कार्यक्रममा अध्यक्ष पितृराज बाँस्तोलाले.ले संस्थालाई एउटा नयाँ उचाइमा पुरयाउन आफना कार्यसमिति सदस्यहरुले पुरयाएको योगदानप्रति धन्यवाद दिँदै सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको बन्द सत्रमा सचिव डा. नबराज न्यौपानेले प्रस्तुत गर्नुभएको सचिविय तथा कोषाध्यक्ष मुकेश अधिकारीले प्रस्तुत गर्नुभएको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत रुपले पारित गरिएको थियो । नयाँ कार्यसमितिको निर्वाचनका लागि सल्लाहाकार प्रा तिर्थराज अर्यालको संयोजकत्वमा सल्लाहाकार रत्नमान गुरुङ तथा सल्लाहाकार श्रीमान गुरुङको तिन सदस्यीय समितिले नयाँ कार्यसमितको चयन गरेको थियो । निर्वाचन समितिका संयोजक प्रा तिर्थराज अर्यालले पद तथा गोपनीयताको सपथग्रहण गराउदै नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गनुभएको थियो । बर्ष २०१७÷२० का लागि पश्चिमाञ्चल माध्यमिक विद्यालयकी संस्थापक सदस्य एवम् सहप्राचार्य मिनु श्रेष्ठ संस्थाको नयाँ अध्यक्षको रुपमा चयन हुनुभएको छ । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा डा. नवराज न्यौपाने सचिवमा मुकेश अधिकारी, कोषाध्यक्षमा बोधराज गौतम, सह सचिवमा भूमिराज पण्डित रहनुभयो भने कार्यसमिति सदस्यहरुमा उपेन्द्रप्रसाद पौडेल, सावित्री शर्मा, परमेश्वर बराल, प्रकाश रिजाल, सजन गोदार र डिल्लीराम भट्टराई गरी १३ सदस्यीय कार्यसमिति निर्वाचित भएका थिए ।
नवनिर्वाचित अध्यक्ष मिनु कुवँरले अंग्रेजी भाषा शिक्षणलाई प्रभावकारी बनाउन आफनो समिति अक्ष दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै आफनो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने अघिल्लो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा निर्वतमान अध्यक्ष पितृराज बाँस्तोला तथा उहाँको कार्यसमितिलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

LEAVE A REPLY