पोखरा, १८ चैत। नेपाल महिला संघ पोखरा लेखनाथ महानगरपालिका समितिले पोखरामा शुक्रबार प्रशिक्षण कार्यक्रम गरेको छ। राजनीतिमा महिलाको नेतृत्व, संभावना र चुनौती विषयक कार्यक्रममा नेपाल महिला संघका इकाइ सभापति, अगुवा महिला सहित एक सय ५० महिलाको सहभागिता रहेको कास्की काँग्रेसका सदस्य नवीन सिग्देलले जानकारी दिए।
कार्यक्रममा प्राध्यापक डा कुश्माकर न्यौपाने र अधिवत्ता कृष्णप्रसाद तिमिल्सिनाले प्रशिक्षण दिएका थिए। त्यसअवसरमा महिला शशक्तिकरणका लागि योगदान पु¥याएका महिलाहरुलाई सम्मान गरिएको थियो।
सम्मानित हुनेमा तारादेवी अधिकारी, सकुन्तला गुरुङ, गंगा केसी, हाईशोभा गुरुङ, हिरादेवी शर्मा, कोपिला रानाभाट, देवी कार्की, कृष्णकुमारी बराल, रामकुमारी पौडेल, निर्मला कार्की भण्डारी, रेनुका आचार्य, गोमा भण्डारी छन्। उनीहरुलाई काँग्रेस नेता शुक्रराज शर्मा, सांसदद्वय शारदा पौडेल, बृन्दादेवी राना, महिला संघ पोखरा लेखनाथ महानगरपालिका समितिका सभापति माया बरालले संयुक्त रुपमा सम्मान गरेका थिए। कार्यक्रममा नेता शुक्रराज शर्मा, सांसदद्वय शारदा पौडेल, बृन्दादेवी राना,n कास्की काँग्रेसका उपसभापति हरि आचार्य, नेपाल महिला संघकी केन्द्रीय सदस्य तारा अधिकारी, जिल्ला सभापति कोपिला रानाभाट, क्षेत्र नं ३ की सभापति शारदा गिरी, पुर्व नगर सभापति हिरादेवी शर्मा, पत्रकार कमल पौडेल ‘अथक’ लगायतले बोलेका थिए। नेपाल महिला संघ पोखरा लेखनाथ महानगरपालिका समितिकी सभापति माया बरालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव गोमा सुवेदी कोइरालाले स्वागत र शोभा मिश्र अधिकारीले सञ्चालन गरेकी थिईन्।

LEAVE A REPLY