पोखरा २४ पोखरा । नेपाल महिला संघ वडा इकाइ १९ ले प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा लेखनाथ महानगरपालिका वडा १९ लामाचौरमा मा भएको कार्यकैममा स्थानिय तहमा महिलाको भुमिका र सहभागिता विषयक प्रशिक्षण कार्यकैममा नेपाली काग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले स्थानिय तहमा महिलाको भुमिका, महिला हकहित, संबिधानमा भएका महिलासम्बन्धी हकअधिकारका बारेमा प्रशिक्षण दिएकी थिइन ।
कार्यक्रममा वडा १९ इकाइ संयोजक महेश्वर पौडेल, सहसंयोजक दुर्गादत्त बास्तोला, नेपाल महिला संघ वडा १९ की अध्यक्ष ज्योती पौडेल, कोषाध्यक्ष रेनुका आर्चाय लगायतले महिलाहरुको हक अधिकार र निर्वाचनमा महिलाको भुमिका लगाएतका बिषयमा थप प्रकाश पारेका थिए ।
यसैबिच सो कार्यक्रमले ज्योती पौडेलको अध्यक्षतामा नेपाल महिला संघ वडा १९ इकाइको समितीलाई पुर्णता दिएको छ । जसको उपाध्यक्षमा जुनकुमारी गुरुङ, सचिव मञ्जु केसी, कोषाध्यक्ष रेणुका आचार्य, सहसचिवमा कोपिला पौडेल लगाएतलाई चयन गरेको वडा १९ का संयोजक महेश्वर पौडेलले जानकारी दिए ।
कार्यक्रमले वडाभित्र रहेका १९ वटा टोल बिकास संस्थाहरुमा महिला संघ गठन गर्नको लागी रेणुका आचार्य, मिना रावत, जसोदा भण्डारी ,उर्मिला बस्नेत, चन्द्र भण्डारी, ज्योती पौडेल र मनकुमारी पौडेललाइ संयोजक तोकिएको संघ १९ की अध्यक्ष ज्योती पौडेलले जानकारी दिइन ।

LEAVE A REPLY