भक्तपुर, साउन १८ l नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीबिच बुधबार ओली निवास बालकोटमा छलफल भएको छ ।

भेटमा पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले राजदूत पुरीसँग दुईदेश बिचको सम्बन्ध बिगार्न केही व्यक्तिहरु सक्रिय रहेको बताउनु भएको ओलीको भनाई उद्धृत गर्दै उहाँका स्वकीय सचिव अनिश दाहालले जानकारी दिनुभयो ।

ओली र राजदूत पुरीबिच दुई देशको सम्बन्ध सुधार्नेबारेमा छलफल भएको हो । छलफलमा ओलीले राजदूत पुरीलाई केही व्यक्तिले सम्बन्ध विगार्न खोजे पनि राजनीतिक तह र जनस्तरमा भने सम्बन्ध राम्रो रहेको जानकारी गराउनु भएको थियो ।

राजदूत पुरीले ओलीलाई चुनावमा एमाले पहिलो दल भएकाले बधाई समेत दिनु भएको बताईएको छ । राजदूत पुरीले भारतको ७० औं स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित दूतावासमा हुने समारोहको विशेष अतिथिको रुपमा निमन्त्रण दिन बालकोट आउनु भएको बताइएको छ । समारोहमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज पनि आउने र उहाँले पनि ओलीको सहभागिता खोजेकोले पुरीले निमन्त्रणा दिन आएको स्रोतको भनाई छ ।

@Ujyaaloonline.com

LEAVE A REPLY