पोखरा, १७ बैशाख । छिमेकीसंगको सम्बन्ध राम्रो हुनुपर्ने पोखरामा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । २१ औं शताब्दीमा नेपाल भारत सम्बन्ध बिषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले छिमेकी राष्ट्र भारतसंग लाभ लिन सक्नुपर्ने प्रष्ट पारे । भारतलाई सकारात्मक रुपले हेर्ने गरेमा दुई देशवीच रहेको समस्या समाधान हुने उनीहरुको भनाई थियो ।
नेपाल–भारत मैत्री जनजागरण अभियान काठमाण्डौंको आयोजनामा भएको कार्यक्रममा नेपालले भारतसंग नयाँ ढंगले कुटनीतिक सम्बन्ध मार्फत राख्नुपर्नेमा बक्ताहरुले जोड दिए । नेपाल–भारतवीचको समस्यालाई सम्बन्धित राष्ट्रहरुले समाधान गर्नुपर्ने उनीहरुको भनाई थियो ।
कार्यक्रमका प्रमूख अतिथि एवम् नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले अभियानलाई प्रत्येक नेपाली जनजनमा पु¥याउनुपर्ने बताए । भारत–नेपालवीच सदियौंदेखि शुमधुर सम्वन्ध रहेको उल्लेख गर्दै शर्माले सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
शर्माले नेपालको राष्ट्रियतामाथि गौरव र सम्मान गर्नुपर्ने बताए । उनले मुलुकमा समृद्धिको खाँचो रहेको औंल्याए । समृद्धिका लागि शान्तिको खाँचो पर्छ,’ उनले भने, आफ्नो घरमा शान्ति आउन छिमेकी घरमा समेत शान्ति हुनुपर्छ ।’
नेपाल–भारत मैत्री जनजागरण अभियानका संयोजक सूर्य भूषालले नेपाल–भारत दुबै राष्ट्रको हित हुने सम्वन्ध बनाउनुपर्नेमा जोड दिए । उनले भारतसंगको सम्वन्ध नयाँ शिराबाट हुनुपर्नेमा जोड दिए । नेपालको बिकासलाई केन्द्रविन्दुमा राखेर भारतसंगको सम्बन्ध हुनुपर्ने उनको जोड थियो ।
भारत–नेपालवीच मूख्य समस्या पहिचान गर्न अभियान चलाएको भूषालले बताए । उनले नेपाल–भारतवीच कस्तो सम्वन्ध हुनुपर्छ भन्ने सम्बन्धमा देशको ६३ जिल्लामा अन्तरक्रिया कार्यक्रम चलाइसकेको बताए ।

LEAVE A REPLY