काठमाडौं, कात्तिक १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका पूर्वप्रमुख उपेन्द्रकान्त अर्यालविरुद्ध परेको अकूत सम्पत्ति आर्जनको मुद्दामा छानबिन थालेको छ ।

गत फागुनमा प्रहरी प्रमुखबाट अवकाश पाएका अर्यालमाथि अकूत सम्पत्ति आर्जन गरेको उजुरीलाई आधार मान्दै अख्तियारले बयानका लागि बोलाएको हो ।

अर्यालसँग अख्तियारले १३ पन्ने सम्पत्ति विवरण पनि भराएको छ ।

यसैगरी, अख्तियारले सचिव गजेन्द्र ठाकुर र काठमाडौं महानगरपालिकाका दुई डीएसपी धनपति सापकोटा र राजुनाथ पाण्डेमाथि पनि छानविन थालेको छ ।

अकूत सम्पत्ति आर्जनको आशंकामा अख्तियारले डेढ सयभन्दा बढीमाथि अनुसन्धान गरिरहेको बताइएको छ ।

LEAVE A REPLY