पोखरा, २५ कात्तिक । नेपालजर्नी संस्थाले कास्कीको निर्मल पोखरी स्थित जनजागृती आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । लायन्स क्लब अफ पोखरा न्युरोड चौतारीको समन्वयमा संस्थाले विद्यालयलाई एक कार्यक्रमका बीच १० थान ह्वाइटबोर्ड सहयोग गरेको हो । डस्टर, मार्कर, मसी लगायत सामग्री पनि सहयोग गरिएको क्लबका सचिव तुलसी प्रसाद पोखरेलले जानकारी दिए ।
पोखरा लेखनाथ महानगर पालिका वडा नं. ३३ का अध्यक्ष शिव प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा तथा क्लबका अध्यक्ष नगेन्द्र प्रसाद पोखरेलको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ का एओजी पदम बन्दु पोखरेल, रिजन चियरपर्सन बिना गुरुङ, लायन्स क्लब अफ पोखरा कैलाश चौतारीका अध्यक्ष यादब प्रसाद पोखरेल, लगायतले लायन्सले सामाजिक क्षेत्रमा गरेका कामका बारेमा धारणा राखेका थिए । उक्त समारोहमा उपस्थित शिक्षक, शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुलाई क्लवका भुतपूर्व अध्यक्ष दीपकराज घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए ।
शिक्षा क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले विद्यालयलाई सहयोग गरिएको क्लबका रिपोर्टिङ अफिसर नरेन्द्र श्रेष्ठले जानकारी दिए । ‘विभिन्न गाउँ तथा विद्यालयका लागि आवश्यक पर्ने विभिन्न सहयोग अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिन्छौं,’ उनले भने ।
नेपाल जर्नी ई.सं. २०१५ सालमा स्थापना भएको मुनाफा रहित जन हितकारी सामाजिक गैरसरकारी संस्था हो । यस संस्थाको प्रधान कार्यालय अमेरिकाको टेक्सासमा छ । गरिब तथा जेहेन्दार विद्यार्थी, द्वन्द्वपीडित, अनाथ, ज्येष्ठ नागरिक तथा भूकम्पबाट प्रभावित पीछडिएका नेपालीजनताहरुको सहि पहिचान गरी उनीहरुको क्षमता अभिवृद्धि गराउने साथै स्वास्थ्य र शिक्षा क्षेत्रमा टेवा पु¥याउने संस्थाको मुख्य उद्देश्य हो ।
आर्थिक स्थिति कमजोर भइ शिक्षाबाट बञ्चित भएका विद्यार्थी र असहाय ज्येष्ठ नागरिकहरुको उत्थानका लागिपहल गर्ने साथै विनाशकारी भूकम्पबाट प्रभावित भएका व्यक्तिहरुलाई आधारभूत आवश्यकता (शिक्षा, स्वास्थ्य र खानेपानी) प्रदान गर्नु हो ।
संस्थाका संस्थापक अध्यक्ष मौसमी श्रेष्ठ हुन् । साथै लायन्स क्लब अफ पोखरा न्यूरोड चौतारीका सदस्य श्रवण श्रेष्ठ पनि यस संस्थाका कार्यकारी वोर्ड अफ डाइरेक्टर हुन् । साथै क्लबका रिपोटिङ अफिसर नरेन्द्र श्रेष्ठ पनि संस्थामा कोर्डिनेटर पदमा आवद्ध छन् ।

 

LEAVE A REPLY