पोखरा, १६ जेठ । नेपाल खानेपानी संस्थान पोखराले गणतन्त्र दिवसको अवसरमा सरसफाई एवं बृक्षरोपण कार्यक्रम गरिएको जनाईएको छ । संस्थानको आभाष क्षेत्रमा भएको फोहोर व्यवस्थान साथै स्वच्छ वातावरणको लागि बृक्षरोपण गरिएको कार्यालय प्रमुख निरण महर्जनले बताए । प्रशासन प्रमुख शिवराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालय प्रमुख महर्जनले दिवसमा मात्र सरसफाई नगरी आफ्नो घर छेउ तथा कार्यालयमा सधै सफा र स्वच्छ वातावरण बनाउन सवै कर्मचारीलाई आग्रह गरे ।
संस्थानमा कार्यरत कर्मचारीको कार्यालय प्रति निकै सकारात्मक र भाइचारा सम्वन्धको कारण पोखरा शाखाले महशुल बृद्धि तथा उपभोक्ता सेवामा प्रभावकारी भएको बताए । विन्ध्यवासिनी इकाई प्रमुख दिनेश्वर प्रसाद यादवको स्वागत मन्तव्य कर्मचारी केदार धमलाको सञ्चानल तथा लेखा प्रमुख जिवनाथ ज्ञवालीको धन्यवाद ज्ञापनमा सम्पन्न भएको कार्यक्रममा कर्मचारीको उत्साहजनक सहभागिता रहेको सव ईन्जिनियर लक्ष्मण पाण्डेले जानकारी दिए ।
क्रिस्मस्, पारिजात, धुपी, गुल्मोर जस्ता विभिन्न प्रजातिका विरुवा रोप्दै कार्यालय प्रमुख महर्जनले बृक्ष रोप्नु भन्दापनि हुर्काउनु महत्वपूर्ण भएकोले संरक्षणमा जोड दिन सम्पूर्ण कर्मचारीलाई अनुरोध गरेका थिए । सोही क्रममा नेपाल खानेपानी संस्थान हेम्जा शाखाका कार्यालय प्रमुख राकेश गोइतले निकै राम्रो काम भएको भन्दै संस्थानको २३ वटै शाखाले यस्ता कार्यक्रमको अनुसरण गरिनुपर्नेमा जोड दिए । कार्यालय प्रमुख गोइतले सम्पूर्ण कर्मचारीले संस्थानको पानी भरपुर सदुपयोग गर्दै उपभोक्तालाई वितरण गरि चुहावट रोक्न अनुरोध गरे । यसैवीच नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय सदस्य नरेन्द्रमान श्रेष्ठले सवै कर्मचारीको एकतामामात्र संस्थान सुधार हुने ठोकुवा गरे । कार्यक्रममा कर्मचारी संघ इकाई समितिका सहसचिव भोजराज चापागाई, आफू कुनै संगठनमा नभएको वताउने कर्मचारी रुपेश पाण्डे, शंकर भूजेल, घनविक्रम कार्की लगायतले गणतन्त्र दिवसमा बृक्षरोपण, सरसफाई तथा दिपावली गरेर संस्थानमा अनुकरणिय कार्य गरेको उल्लेख गरेका थिए ।

LEAVE A REPLY