ताप्लेजुङ असार ७ – नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङ जनपरिषद प्रमुख पक्राउ परेका छन् । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ताप्लेजुङ जनपरिषद प्रमुख विजय कुमार फेम्वु लिम्बूलाई पक्राउ गरेको प्रहरी प्रमुख नायव उपरीक्षक रामबहादु केसीले जानकारी दिनुभएको छ ।

निर्वाचनको बेला केही विरोधी गतिविधि गरेको हुनाले उनलाई पक्राउ गरको प्रहरी प्रमुख केसीले बताउनुभयो । फक्ताङलुङ गाउँपालिका-५ तापेथोक हेल्लोकबाट लिम्बुलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ ल्याएको र थप अनुसन्धान गरिरहेको केसीले बताउनुभयो  ।

विप्लव समूहले ताप्लेजुङमा मंगलबार एक प्रेस विज्ञप्ती प्रकाशित गरी पक्राउ परेका आफ्ना जनपरिषद प्रमुख लिम्बुलाई तत्काल रिहाई गर्न माग गरेको छ ।

विना कारण घरमा बसी रहेको अवस्थामा पक्राउ गरेको भन्दै विज्ञप्तिमा घटनाको घोर भत्र्सना गरिएको छ । जिल्ला ईन्चार्ज आशिसद्वरा हस्ताक्षरित विज्ञप्तीमा ‘आफ्नो नेता तथा कार्यकर्तालाई रिहाई नगरिए, त्यसको मूल्य दलाल सरकार र स्थानीय प्रशासनले चुकाउनुपर्ने चेतावनी समेत गरिन्छ’ भनि लेखिएको छ ।

स्थानीय तहको निर्वाचनमा सुरक्षा चुनौतीलाई ख्याल गर्दै स्थानीय प्रसाशनले नेकपाका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिरहेको छ । ताप्लेजुङमा मेची ब्यूरो सदस्य राम चुँडाललाई एक महिना अघि गिरफ्तार गरेको थियो ।

LEAVE A REPLY