नेपाली चलचित्र ‘कान्छी’को निर्माण घोषणा गरिएको छ । नायिका स्वेता खड्काले निर्माण गर्न लागेकी कान्छी  भदौ २ गतेबाट छायांकन सुरु हुने बताएको छ ।  यो चलचित्रमा नायिका स्वेता खड्का र नायक दयाहाङ राइ मुख्य भूमिकामा रहने र साथमा नायिका अनु शाह, भूमिका श्रेष्ठ यो चलचित्रको मुख्य कलाकारको रुपमा देखिदैछन्, ।

कान्छी चलचित्रलाई आकाश अधिकारीले निर्देशन गर्ने भएका छन्, । चलचित्रलाइ माघ २६ गतेबाट रिलिज गरिने निर्देशक अधिकारीले बताए ।
पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रमा शम्भुजित बास्कोटा,अर्जुन पोखरेल,राजनराज सिवाकोटीको संगीत, बसन्त श्रेष्ठको नृत्य रहनेछ भने  यम थापाको पटकथा तथा संवाद रहेको छ । मुस्ताङमा चलचित्रलाइ खिचिने निर्माण पक्षले बताएको छ ।

LEAVE A REPLY