पोखरा, २८ चैत्र l नेपाली काँग्रेसले पोखरामा आयोजना गर्न लागेकोे प्रदेश स्तरीय आम सभाको तयारी अन्तिम चरण्मा पुगेको  नेपाली काँग्रेस कास्की शाखा अध्यक्ष कृष्ण केःसीले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।
कास्कीमा काँग्रेसको १२ हाजार भन्दा बढि कार्यकता रहेको बताउदै यही चैत्र तिस गते आयेजना गर्न लागेकोे समाभामा कम्तीमा १२ हजार मानिसहरु उस्थित हुने केःसीले जानकारी दिएका छन् । पोखरा मानब अधिकार चोकमा हुने उक्त सभाममा नेपाली काँग्रेस केन्द्रिय अध्यक्ष शेयर बाहादुर देउबा, गगन थापा लगायत पार्टीका बरीष्ठ नेताहरुले कार्यक्रम लाई सम्बोधन गर्नेछन् ।
अध्यक्ष केःसीले चुनाब केन्द्रित हुदै काँग्रेसले काँग्रेसको नेतृत्वमा शान्ती र संबिधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान भन्ने मुल नारा लिएर सभा अगाडी बढेको बताए ।
उनले नेकपा एमालेको वा अन्य राजनैतिक दलको बिरुदमा नेपाली काँग्रेसले कुनै पार्टीसंग तुलना नगर्ने अन्य पार्टी पार्टीनै काँग्रेस संग तुलना गर्ने चाहेको बताए ।

LEAVE A REPLY