पोखरा, २५ साउन। नेपाली काँग्रेस क्षेत्र नं.४ कास्कीले बुधबार एक विज्ञप्ति प्रकाशित अविरल वर्षाका कारण विभिन्न ठाँउमा गएको वाढि पहिरोले पु¥याएको क्षती प्रति दुःख व्यक्त गरेको छ।

कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ५ पार्थे खहरेमा पहिरोले घर बगाएपछि गाउँ पुरै विस्थापित भएको छ। गाउँ छेउबाट बग्ने खहरे खोला मंगलबार राती बाढी सहित गाउँमा पसेपछि गाउँका १६ मध्ये १३ घर बगाएको हो। बाँकी तीनवटा घरमा आंशिक क्षति भएको छ।

नेपाली काँग्रेस क्षेत्र नं.४ का सभापति पोषनाथ शर्मा र सचिव खिमलाल बास्तोलाद्धारा जारी विज्ञप्तिमा दुःख व्यक्त गर्दै उचित क्षतिपूर्ति दिन नेपाल सरकार सँग माग गरिएको छ। वर्षायामसँगै हुने बाढी, पहिरोमा जोखिमयुक्त स्थानको बस्ती संरक्षण गरी मानवीय एवं अन्य धनजनको क्षति कम गर्न पनि नेपाल सरकारसँग माग गरिएको छ।

LEAVE A REPLY