पोखरा, २५ चैत। नेपाली काँग्रेसले चैत ३० गते पोखरामा गर्ने ४ नम्बर प्रदेश स्तरीय आमसभाको तयारी बैठक गरेको छ।
कास्की काँग्रेसको कार्यालयमा शुक्रबार बसेको बैठकमा प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद र कास्कीका भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रतिनिधि सहभागि रहेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिनुभयो।
बैठकले पोखराको चिप्लेढुङ्गामा आमसभा गर्ने निर्णयगर्दै कार्यक्रम सभ्य र भव्य बनाउने निर्णय गरेको छ।
त्यस्तै आमसभालाई लक्षित गरी प्रदेशका सवै जिल्लामा प्रचारात्मक गतिविधि सञ्चालन गर्ने पनि निर्णय गरेको छ। आमसभालाई पार्टीका शिर्ष नेताहरुले सम्वोधन गर्ने छन्।
बैठकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, वनमन्त्री एवं केन्द्रीय सदस्य शंकर भण्डारी, केन्द्रीय सदस्यहरु सुरेन्द्र पाण्डे, प्रदिप पौडेल, गोविन्द भट्टराई, अर्जुन जोशी लगायत सहभागि थिए।
बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको थियो।

LEAVE A REPLY