पोखरा, १६ चैत । स्थानीय निकायको निर्वाचन नजिकिएसँगै नेपाली काँग्रेसको साविकको ढिकुरपोखरी गाविसमा बुधबार बृहत भेला सम्पन्न भएको छ ।
स्थानीयबासीको जनचाहनालाई मध्यनजर गर्दै भेलाले पोखरा लेखनाथ महानगरपालिकामा समावेश गर्न आगामी दिनमा पनि नेतृत्वले पहलकदमी गर्दै जनताको भावनालाई सम्मान गर्नुपर्ने र हाल अन्नपूर्ण गाउँपालिका अन्तर्गत रहेको ढिकुरपोखरी गाविसका तीनवटै वडामा नेपाली काँग्रेसलाई विजयी गराउन सके उक्त प्रयास सफल हुने नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले बताउनुभयो ।

भेलामा नेका कास्की जिल्ला सभापति कृष्ण के.सी., क्षेत्रीय सभापति पोषनाथ शर्मा, तरुणदल कास्की अध्यक्ष मनोज गुरुङ्ग, जिल्ला सदस्य सिकन्दर कुमार गुरुङ्ग, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचन, तरुण दलका पूर्व केन्द्रीय सदस्य भरतजंग कुँवर, इकाई सभापति मनपति भण्डारी, उपाध्यक्ष भरत अधिकारी लगायतले अन्नपूर्ण गाउँपालिका नेपालकै महत्वपूर्ण पर्यटकीय गाउँपालिका भएको र नेपाली काँग्रेसको मजवुत संगठनको आधार रहेकोले विजयी सुनिश्चित हुने र यसका लागि सम्पूर्ण कार्यकर्ता एक भएर लाग्न आग्रह गरेका थिए ।

LEAVE A REPLY