पोखरा, २८ कार्तिक l राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा महिला तथा बालबालिका राज्य मन्त्री कान्ता भट्टराईले राप्रपा नेपालको वैकल्पिक पार्टी भएको बताउनु भएको छ । चुनाव प्रचारप्रसारको सिलसिलामा पोखरा आउनुभएकी राज्यमन्त्री भट्टराईले क्षेत्र नं. १ को पोखरा १० मा आयोजित कोणसभालाई सम्वोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।
उहाँले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र कायम गरिनुपर्ने बताउँदै संवैधानिक राजसंस्था राप्रपाको मूल एजेण्डा भएकोले हिन्दु राष्ट्र नेपाल बनाउने कुरामा राप्रपा सँधै अग्रपंक्तिमा लडिरहने बताउनुभयो ।
उहाँले धर्मप्रेमी महानुभावहरुलाई आफ्नो पवित्र भोट गौमातालाई हालेर राष्ट्रवादी पार्टीका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेश नं. ४ का संयोजक तथा सहमहामन्त्री हेमजंग गुरुङ्ग, केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा समानुपातिक उम्मेदवार डा.भीमसेन गुरुङ, केन्द्रीय सदस्यहरु आशा लामा, रोम बहादुर भण्डारी, कुल बहादुर गुरुङ कुलु, जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा समानुपातिक उम्मेदवार जयलाल पुन, प्रदेशसभा क्षेत्र नं. १ (क) का उम्मेदवार देउ बहादुर गुरुङ ध्रुव, प्रदेश सभा समानुपातिक उम्मेदवार गीता गुरुङ्ग लगायतले ठूला दल भनाउँदाहरुलाई धर्म वेचेर राजनीति नगर्न आग्रह गर्दै हामी राजावादीहरु एकजुट भई अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।
मन विर गुरुङ ढासाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष जगत सुवेदीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन पार्टी सचिव हरिप्रसाद बरालले गर्नुभएको थियो ।
राप्रपा कास्कीले प्रदेश सभा अन्तर्गत क्षेत्र नं. १ (क) देउ बहादुर गुरुङ्ग ध्रुव, क्षेत्र नं. २ (क) विष्णु खड्का कार्की (ख) विष्णु बहाुदर खत्री, क्षेत्र नं. ३ (क) धनुमाया कोइराला र (ख) केदारनाथ पौडेल तथा समानुपातिक तर्फ प्रतिनिधिसभामा जयलाल पुन, डा.भिमसेन गुरुङ र प्रदेशसभामा रञ्जना सेन पौडेल, शिव प्रसाद चालिसे, सावित्री दर्जी र गिता गुरुङलाई उम्मेदवार बनाएको राप्रपा कास्कीका प्रचारप्रसार सहसंयोजक सूर्य बाँस्तोलाले जानकारी दिनुभयो ।

LEAVE A REPLY