काठमाण्डौ, २२ वैशाख । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधिश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्ताव अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशले मुलुकमा न्याय ज्यूउदै रहेको अनुभूति भएको बताउनु भएको छ ।

अध्यक्ष ओलीले सर्वोच्च अदालतको आदेशले न्यायालयलाई पैतालामुनि दबाएर राख्न खोज्ने उदण्ड, उछृङखल, गैरकानुनी ढंगले चल्ने सत्तासिन दलहरुको गतिमा ब्रेक लागेको प्रतिक्रिया पनि दिनु भयो ।
उहा“ले सर्वोच्च अदालतले प्रधानन्यायाधिश कार्कीमाथि आंशिक न्याय गरेर न्याय ज्यूँदो रहनेछ भन्ने उदघोष समेत गरेको स्पष्ट पार्नु भयो । सर्वोच्च अदालतका न्यायाधिश चोलेन्द्र शमशेर राणाको एकल इजलासले प्रधानन्यायाधिश कार्कीमाथि लगाइको महाअभियोग प्रस्ताव अघि नबढाउन व्यवस्थापिका संसदलाई अन्तरिम आदेश दिएको थियो ।

LEAVE A REPLY