पोखरा, २६ चैत l नेकपा माओवादी केन्द्र पोखरा लेखनाथ महानगरपालिका वडा नं १८ को चौथो वडा अधिवेशनले टीकारामा तिमिल्सनाको अध्यक्षतामा २१ सदस्सिय वडा कमिटि सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा भुपाल थापा, सचिव प्रजापति अधिकारी, सहसचिव रवी विक र कोषाध्यक्ष हरिमाया गौतम रहेका छन् । सदस्यहरुमा विकास अधिकारी, रुद्रनाथ तिमिल्सना, रामचन्द्र जलारी, सिर्जना गौतम भण्डारी, उमनाथ तिमिल्सना, नरवहादुर भुजेल, चुडामणि विक, जितेन्द्र थापामगर, विष्णुमाया परियार, फुलमाया राई, माया तिमिल्सना, खेमराज तिमिल्सना, भोजराज गौतम लगायत छन् । अधिवेशनले राजु शर्मा तिमिल्सना, गोविन्दप्रसाद दवाडी, कमल भण्डारी, दुर्गादत्त तिमिल्सना, लगायतलाई सल्लाहकारमा चयन गरेको छ ।

अधिवेशनको उद्घाटन गर्दै पार्टी पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज राजकाजी गुरुङ(करण)ले नेपालको राजनीति माओवादी केन्द्रकै वरिपरि घुमिरहेको र देशको शासन व्यवस्था, अािर्थक, भौगोलिक , सामाजिक र सास्कृतिक परिर्वतनको लागि भएको जनयुद्धको लक्ष्य पुरा हुँदै गएको धारणा व्यक्त गरे । माओवादीकै कारण केन्द्रीकृत शासन व्यवस्था अन्त्य भई जनताको घरदैलोमा शासन आईपुगेको भन्दै नेता करणले स्थानीयतहको निर्वाचनमा माओवादीले जितेर वाँकी एजेण्डाहरुलाई पुरा गर्ने प्रतिवद्धता सो अवसरमा व्यक्त गरे ।
विशिष्ट अतिथि पोलिटव्युरो सदस्य तथा जिल्ला सहइन्चार्ज रामजी वराल(जिवन)ले माओवादीको विजयलाई कसैले पनि रोक्न नसक्ने दावी गरे । कार्यक्रममा केन्द्रीय सदस्य नवराज भण्डारी, वडानं ८ का अध्यक्ष लक्ष्मी सुवेदी, अखिल नेपाल राष्ट्यि खेलकुद संघका कास्की अध्यक्ष वलराम सुवेदी, केन्द्रीय सदस्य भोजराज पौडेल, महिला नेतृ माया तिमिल्सना, दलित नेता लक्ष्मण परियार, जनजाति देव तमु, राष्ट्यि उद्योग व्यापार संगठन कास्कीका सचिव तारानाथ ढुङगाना लगायतले भनाई राखेका थिए ।

सोही अवसरमा विकास अधिकारीको संयोजकत्वमा २१ सदस्सिय वाईसियल नेपाल, चुडामणी विकको संयोजकत्वमा १३ सदस्यिस दलित राष्ट्रिय मुक्ती मार्चा, नरवहादुर भुजेलको संयोजकत्वमा १३ सदस्यिय जनजाति संगठन
सुशिल गौतम संयोजकत्वमा १९ सदस्यिस अखिल क्रान्तिकारी, हरिमाया गौतममो संयोजकतत्वमा १९ सदस्सिय अनेमसंघ क्रान्तिकारी, रुद्रनाथ तिमिल्सनाको संयोजकत्वमा २१ सदस्सीय अखिल नेपाल किसान संघ क्रान्तिकारी र रामचद्र जलारीको नेतृत्वमा १७ सदस्यिय जलारी मुक्ती मोचाको वडा कमिटि समेत गठन गरिएको छ ।
तत्कालिन गाउँ कमिटिका अध्यक्ष राजु शर्मा तिमिल्सनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष टिकाराम तिमिल्सनाले संचालन सचिव पुर्णाखर तिमिल्सनाले गरेका थिए ।

LEAVE A REPLY