पोखरा १२ वैशाख । वैशाख ३१ मा तोकिएको स्थानीयतहको निर्वाचन नजिकिदै गर्दा सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले पोखरा लेखनाथ महानगरपालिका स्तरीय वृहत जनसभा गर्ने भएको छ ।

यही वैशाख १५ गते शुक्रवार चिप्लेढुङगामा हुने जनसभालाई पार्टीका वरिष्ठ नेता तथा उर्जामन्त्री जनार्दन शर्मा(प्रभाकर), प्रदेश इन्चार्ज देव गुरुङ लगायत केन्द्रीय स्तरका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको पार्टीका पोलिटव्युरो सदस्य तथा कास्की इन्चार्ज राजकाजी गुरुङ(करण)ले जानकारी दिए ।

माओवादीले जनसभामार्फत पार्टीको घोषणापत्र तथा पोखरा लेखनाथ महानगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष तथा वडा सदस्य पदका उम्मेदवारहरुको घोषणा गर्ने कार्यक्रम समेत तय गरेको छ ।

सभा अगाडी पृथ्वीचोकवाट ¥याली सुरु भई चिप्लेढुङ्गामा पुगेर सभामा परिणत हुने महानगर संयोजक तथा पार्टी केन्द्रीय सदस्य गायत्री गुरुङ(कुसुम)ले जानकारी दिइन् ।

LEAVE A REPLY