पोखरा, ६ वैशाख l नेकपा माओवादी केन्द्र पोखरालेखनाथ महानगरपालिका वडा नं ११ को आयोजनामा नववर्ष २०७४ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा पार्टी सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ ।

आसन्न स्थानीयतहको निर्वाचनमा पार्टीको पक्षमा अधिकतम प्रचारप्रसार गर्ने र पार्टीकामलाई व्यवस्थित गर्ने उदेश्यले सम्पर्क कार्यालयको स्थापना गरिएको वडा कमिटिका सचिव मनोज रसाईलीले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश नं ४ का ईन्चार्ज देव गुरुङले स्थानीयतहको निर्वाचन गर्ने एजेण्डा माओवादीको भएकोले त्यसको सफल कार्यान्वनको लागि पनि माओवादीको जितको विकल्प नभएको भनाई राखे । माओवादी केन्द्रको उपहार गाउँ, नगरमा सिँहदरवार भन्ने पार्टीको नारालाई जनतासमक्ष पु¥याउन कायकर्तालाई नेता गुरुङको आग्रह थियो ।

पार्टी जिल्ला ईन्चार्ज राजकाजी तमु(करण)ले माओवादी आन्दोलनको परिणामस्वरुप शासन व्यवस्थामा आमुल परिर्वतन हुँदै जनताको घर आँगनमै सिँहदरवारको अधिकार आईपुगेको भनाई राखे ।

वडा कमिटिका अध्यक्ष कुमार क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्वाचन क्षेत्र नं २ का ईन्चार्ज गायत्री तमु(कुशुम), निर्वतमान वडा अध्यक्ष हर्कवहादुर विक, उपाध्यक्ष एमिरत्न घलान, सचिव मनोज रसाईली लगायतले स्थानीयतहको निर्वाचनमा माओवादीलाई जिताउनुको विकल्प नभएको भनाई राख्दै नववर्षको शुभकामना व्यक्त गरेका थिए ।

LEAVE A REPLY