पोखरा ,२२  वैशाख l

वैशाख३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनमा विजय हासिल गर्ने अठोटका साथ नेकपा एमालेले माछापुच्छ्रे्  गाउँपालिकामा आफ्नो प्रचार प्रसार अभियानलाई आज पनि तिव्रता दिएको छ ।माछापुच्छ्रे गाउँपालिका अन्तरगत रहेका नौ वटै वडाबाट उम्मेदवार दिएका उम्मेदवारहरुले घरदैलो, उमेदवार परिचय एवं कोण सभाको आयोजना गरेका छन् । प्रत्येक वडाका अध्यक्षसंगै सदस्य उम्मेदवारहरु संयुक्त रुपमा प्रचार अभियानमा लागेका छन् ।

जसअन्तरगत आजै माछापुच्छ्रे् को रुम्जा,भराबरीमा वडा अध्यक्ष आश कुमार( अनुप) गुरुङ्घ सहित वडा सदस्यहरु घरदैलो अभियानमा जुटेका छन । सार्दीखोलाका अध्यक्ष बिक्रम गुरुङ्  सहित काभ्रे गाउ ,घाचोकका अध्यक्ष, सुर्य प्रसाद लम्साल सहित पुरानो ढाड, खहरेटोल ,क्षेत्रि थर ,लाहाचोकका अध्यक्ष पूर्णबहादुर शाही सहित नेपालीथर , आज माछापुच्छ्रे्र गाउँपालिकाप्रमुख कर्ण गुरुङ्घ र उप प्रमुख कृष्ण कुमारी दबाडी , रिभानका वडा अध्यक्ष जुम बहादुर गुरुङ्घ सदस्य गीता लामिछाने ,बिबा बि क ,राश बहादुर राना मगर,आश बहादुर नेपाली सहित ने क पा एमाले कास्कीका सचिवालय सदस्य जगन्नाथ बास्तोला ,क्षेत्रिय कमिटी सचिवालय सदस्य एब र्आिथक बिभाग प्रमुख यदु अधिकारी, जिल्ला सदस्य बिष्णु के शी लगाएत रिभान बासी सहित कोण सभा सम्पन्न भएकोे छ ।

त्यसैगीर धितालका वडा अध्यक्ष हशिचन्द्र ढुङ्कगना र वडासदस्य सहित धितालका बस्तीहरुमा घरदैलो अभियानमा जुटेका छन । ,धम्पुसका वडा अध्यक्ष सोम बहादुर गुरुङ्घ ,वडा सदस्य सहित आज खानीगाउमा , ल्वाडमा ल्वाडका वडा अध्यक्ष कृष्ण प्रसाद दवाडी र सदस्य सहित घरदैलो आज सम्पन्न भएको बताइएको छ। घलेलका वडा अध्यक्ष दुर्गा बहादुर क्षेत्री लगाएत वडा सदस्यहरु सहति विभिन्न गाउँ वस्तीमा चुनाव प्रचार प्रसारलाई अगाडी वढाइएको बताइएको छ । यसै गरी भोली सिदिङ्कमा कोण सभाको आयोजना गरिने नेकपा एमालेका जिल्ला कमीटी सदस्य एवं निर्वाचन परिचालन कमिटीका संयोजक राजेन्द्र गौतमले जानकारी दिए ।

LEAVE A REPLY