पोखरा, २७ चैत । नेकपा एमाले पोखरा लेखनाथ महानगरपालिका वडानं.५ मालेपाटनको निर्वाचन केन्द्रित वडा भेला सम्पन्न भएको छ ।
भेलाले विष्णु प्रसाद बरालको अध्यक्षतामा ५सय १ सदस्यीय निर्वाचन परिचालन कमिटीको घोषणा गरेको छ । त्यसरी नै विभिन्न ७ उपसमिति गठन भएको छ । आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा विष्णु प्रसाद अधिकारी, युवा तथा स्वयंसेवकमा सन्दीप कोइराला, घोषणापत्र प्रतिवद्धतामा निर्मल खत्री, मोर्चा संगठन परिचालनमा मणिराज बराल, प्रचारप्रसारमा अञ्जु के.सी., घरैलो तयारीमा द्रोणराज अधिकारी र मतदान केन्द्र प्रतिनिधि छनौट उपसमिति संयोजकमा धनञ्जय अधिकारी रहेका छन् ।
भेलालाई सम्वोधन गर्दै नेकपा एमाले वैकल्पिक केन्द्रीय सदस्य मान बहादुर जिसीले चुनाव एकै चरणमा हुने बताउँदै एमाले कार्यकर्ता जनताबीच निरन्तर पुग्नुपर्ने बताए । प्रदेश नं.४ का सदस्य दिलिप बिक्रम शाहीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न महिला, जनजाति, उत्पीडित समुदायलाई नेतृत्व तहमा ल्याउन प्राथमिकता दिनुपर्ने बताए ।
भेलामा स्थानीय तहमा रहेर कामको जिम्मा लिन पार्टी कार्यकर्ताले उम्मेदवारीमा नाम टिपाएका थिए । भेलाको सदंचालन एल शर्मा र स्वागत महेन्द्र दाहालले गरेका थिए ।

LEAVE A REPLY