काठमाडौं ६ वैशाख । आगामी स्थानीय तहको निर्वाचनमा देशभर गरी १० हजार ६४० मतदान स्थल हुने भएको छ ।

निर्वाचन आयोगको बुधबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको हो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मतदान केन्द्र भने १८ हजार ५ सय ७२ निर्धारण गरिएको छ ।

एक मतदान स्थानमा एक भन्दा बढी केन्द्र पनि हुन्छन् । आयोगको कार्यतालिका अनुसार चैत २० मा नै मतदान केन्द्रहरु निर्धारण भइसक्नु पर्ने थियो । तर, मधेस केन्दि्रत दलहरुको अवरोधका कारण प्रदेश नम्बर २ बाट सिफासिर आउन ढिलाई भएका कारण बुधबार मात्र निर्णय भएको हो ।

जिल्लामा  मतदानस्थल/ केन्द्र र मतदाता संख्या कति ?

 

LEAVE A REPLY