रसुवा, वैशाख १९ l रसुवामा खटिएका एकजना निर्वाचन अधिकृतले आत्महत्याको प्रयास गरेका छन् । कालिका गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत सन्तोष कुमार गिरीले सोमबार राति आत्महत्याको प्रयास गरेका हुन् ।

डोरी लगाएर झुण्डिएको थाहा पाएपछि घरबेटी तथा गाउँलेले डोरी काटेका प्रहरीले बताएको छ । घाइते भएका गिरीलाई मंगलबार बिहानै उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY