काठमाडौं, वैशाख २९ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनको विकल्प नदेखेकाले आफ्नो पार्टी स्थानीय तह निर्वाचनमा सहभागी भएको बताएका छन् ।

शुक्रबार राजधानीमा भएको साक्षात्कारमा उनले आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्नका लागि आफूहरु निर्वाचनमा गएको प्रस्ट पारे ।

निर्वाचनमा जाँदा ‘किन गएको र नजाँदा किन नगएको’ भन्नेहरुलाई जनताले नै जवाफ दिने उनको भनाइ थियो ।

पहिलो चरणको निर्वाचनमा जनताको उत्साह देखिएको भन्दै यादवले दोस्रो चरणको निर्वाचन पनि थप उत्साहजनक हुने बताए ।

दोस्रो चरणको निर्वाचन सुनिश्चित गर्न सरकारले मधेसी दलहरुसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने अध्यक्ष यादवले बताए ।

 

LEAVE A REPLY