पोखरा १६ बैशाख  l स्थानिय तहको निर्बाचन नजिकीदै गर्दा कास्की जिल्लामा चुनाबी माहोल पनि तिब्र बन्दै गएको छ । बैशाख ३१ गते हुने निर्बाचनमा तिन ठुला राजनीतिक दलहरुले आ आफना दलका उम्मेदवारहरु घोषणा गर्न सकेका छैनन तथापी आन्तरीक रुपमा तयारी गरीरहेको बताउदै आएका छन । पोखरा लेखनाथमहानगर पालिकाका धेरैजसो वडाहरुमा नेकपा एमाले , नेपाली काङग्रेस र ए माओबादी केन्द्रले उम्मेदवारहरु सार्बजनिक गरी निर्बाचन परिचालन तथा प्रचार प्रसार समिति समेत गठन गरी निर्बानचमय बनाएका छन ।
निर्बाचनका समयमा बिभिन्नि गैरसरकारी संस्था तथा मानब अधिकारबादीहरुले सधै झै यसपाली पनि पर्यबेक्षण गर्ने तयारी गरेका छन कास्की जिल्लामा मानब अधिकार संरक्षण मञ्च कास्कीको शुक्रबार बसेको बैठकले बिगतका निर्बाचनमा जस्तै स्थानिय तहको यो निर्बाचनमा पनि पर्यबेक्षण गर्ने निणय गरी केन्द्रिय निर्बाचन आयोगमा पर्यबेक्षहरुको नामावली पठाइसकिएको र आबस्यक सबै तयारी पुरा भैसकेको मानब अधिकार संरक्षण मञ्च कास्कीका अध्यक्ष कमलप्रसाद अर्यालले बताए । कास्कीमा यस बाहेक नियोक, जियोक,इन्सेक, राष्टिय मानब अधिकार आयोग तथा गैसस महासघं लगायतका संघसंस्थाहरुबाट २०७४ बैशाख ३१ गते हुने बहुप्रतिक्षीत स्थानिय तह निर्बाचनको पर्यबेक्षणका लागी मानबअधिकारबादीहरु आजैदेखी सक्रिय भैरहेको जिल्ला निर्बाचन आयुक्त गंगालाल सुबेदीले बताए । उनका अनुसार पर्यबेक्षकहरुले उममेदवारहरुबाट निर्बाचन आचारसंहिता पालना भए नभएको देखी निर्बाचनको दिन निर्बाचन स्थलमा हुने गतिबिधीको प्रत्यक्ष पर्यबेक्षण गर्नेछन । बिष्णु अधिकारीबाट ।

LEAVE A REPLY