पोखरा, ९ मंसिर । पोखराका निजी विद्यालय संचालकहरुले सडक र सार्वजनिक सुरक्षाको लागि पोखरा नगर क्षेत्रलाई सिसी क्यामेरायुक्त बनाउनु पर्नेमा जोड दिएका छन् ।
पोखरा नगर क्षेत्रमा सिसी क्यामेरा जडानको तयारीस्वरुप पोखरा उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यो परियोजनालाई सघाउने वचन पनि दिएका छन् ।
कार्यक्रममा सिसी क्यामेरा जडानको अवधारणा,लाग्ने खर्च , जडान प्रक्रिया र त्यसको मर्मतबारे पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै हिसान कास्कीका अध्यक्ष रामजी शर्माले यो विषय आधुनिक पोखराको लागि अपरिहार्य भएकोले सघाउने वचनवद्धता प्रकट गर्नुभयो । हिसानका केन्द्रीय सल्लाहकार रमाकान्त बरालले पोखराको सडकमा यत्रतत्र देखिने तारहरुलाई भूमिगत गराउन सकिने यो परियोजना आफैमा राम्रो भएको बताउनुभयो । हिसानका अर्का सल्लाहकार बाबुराम पन्तले सिसी टिभीको मर्मत सम्हार र व्यवस्थापन पक्ष बलियो हुनुपर्नेमा जोड दिनुभयो । लाग्राण्डी कलेजका प्रिन्सिपल किरण केसीले स्मार्ट सिटीलाई आवश्यक पर्ने पूर्वाधारहरु योजनावद्ध रुपले कार्यान्वयनमा ल्याउनु पर्ने धारणा राख्नुभयो । यसैगरी शिक्षा सेवी रामबहादुर मोचीले निजी क्षेत्र सिसी क्यामेरा जडानमा सघाउन इच्छुक रहेको बताउनुभयो । अर्का शिक्षासेवी विश्वराज बास्तोलाले सिसी क्यामेरा व्यवस्थापनको लागि क्रियाशिल समिति निर्माणमा जोड दिनुभयो ।

LEAVE A REPLY