मंसिर ९,पोखरा l लेकसाईड तेक्वान्दो डोजाङ्कद्घारा आयोजित १ महिने निःशुल्क तेक्वान्डो प्रशिक्षणको समापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । लेकसाइडको बसुन्धरापार्कमा आयोजित समापन कार्यक्रममा झन्डै ४० जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नाट्टा क्षेत्रिय संघ पोखराका अध्यक्ष दिलप्रसाद गौतमले प्रशिक्षार्थी खेलाडीहरुलाई प्रमाणपत्र वितरण गर्दै मानव जिवनमा शिक्षासंगै खेलकुदको पनि महत्व रहेको औल्याए । अनुुशासन र स्वास्थ्यका लागि खेलकुदको महत्व रहेको गौतमले बताए । यसैगरि कार्यक्रमका विशेष अतिथि कास्की जिल्ला तेक्वान्डो समितिका सचिव राजन पौडेलले नेपालमा तेक्वान्दो खेल र डोजाङ्कबारे जानकारी दिए । कार्यक्रममा बोल्दै विशेष अतिथि वडा नं ६ का सदस्य विष्णु भट्टराईले लेकसाइड डोजाङ्गका कार्यक्रमलाई निरन्तरता दिन वडास्तरिय बजेटबाट सहयोग गर्ने प्रतिवद्धजा जाहेर गरे ।

कार्यक्रममा प्रशिक्षार्थीहरुले एक महिनासम्म सिकेको कुराको डेमो प्रस्तुत गरेका थिए । यसैगरि कार्यक्रममा डोजाङ्गका सहयोगी तारा बि.क. पत्रकार बिनोद लामिछाने पत्रकार उमा आले लगायतले शुभकामना मन्तव्य राखेका थिए । सञ्चारकर्मी सन्तोषी सुनारले कार्यक्रम गरेकी थिईन् ।

LEAVE A REPLY