काठमाडौं, असार ११ – नारायणघाट–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको छ ।आइतबार दिउँसो ३ बजे कालीखोलामा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ । पहिरो खसीरहेकोले हटाउने कार्य भइरहेपनि अझै बाटो खुलिनसकेको ट्राफिक कार्यालय चितवनले कार्यालयले जनाएको छ । पहिरो ठूलो भएको र खसिरहेका कारण हटाउन समस्या भएको भन्दै कार्यालयले आइतबार राति यस सडकखण्डबाट गाडी नचलाउन र यात्रा नर्गन भन्दै सूचना जारी गरेको छ । – ujyaaloonline.com

LEAVE A REPLY