१८ साउन, चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ-मुग्लिन सडकको आज निरीक्षण गर्दै छन् ।

प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर र सडक विभागका अन्य अधिकारी पनि चितवन आएका छन् । प्रधानमन्त्रीले स्तरोन्नति भइरहेको यस सडकखण्डको कार्यप्रगतिको निरीक्षण गर्नेछन् ।

मंगलबार नै भौतिक पूर्वाधार तथा यातायातसचिव देवेन्द्र कार्की मुग्लिन-नारायणगढ सडक निर्माण क्षेत्रमा पुगिसकेका छन् ।

महिना दिनदेखि दैनिक ११ घन्टा सडक बन्द

मुग्लिन-नारायणगढ सडकखण्डमा २५ असारदेखि रातको समयमा बन्द गरिएको छ । नारायणगढ-मुग्लिन सडक आयोजनाले सवारीसाधनको किसिम र सडकको रुटअनुसार साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिरहेको छ ।

यसका कारण दैनिक हजारौँ यात्रुले सास्ती खेप्नु परिरहेको छ ।संसद्को विकास समिति र जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशन अनुसार सडकमा रात्रिकालीन समयमा सवारीसाधन प्रवेशमा पूर्ण रोक लगाइएको छ ।

LEAVE A REPLY