पोखरा १९, चैत्र l पोखरा–लेखनाथ महानगरपालिका अन्तर्गत वडा नं. १७ मा नयाँ शक्ति पार्टीको वडा पूर्ण बैठक तथा महिला भेला सम्पन्न भएको छ । बिरौटा स्थित सनफ्लावर पार्टी प्यालेसमा शनिबार बैठकका साथ महिला समिति गठन गरेको हो । बैठकमा स्थानिय तहका निर्वाचन केन्द्रीत एजेण्डा, भावी रणनितीलगाएत समसामयिक विषयबारे छलफल भएको हो ।
बैठकका प्रमुख वक्ता नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटाले देश कठिन परिस्थितिमा गुज्रीरहेको बेला आर्थिक उन्नतिको बाटोमा लम्कनुपर्ने कुरामा जोड दिदै अहिलेको समयमा आर्थिक समृद्धि गरेरनै राष्ट्रलाई बचाउन सकिने बताए ।
कास्की संयोजक हेमबहादुर थापा, पोखरा–लेखनाथ महानगर समितका संयोजक जितबहादुर तमु, युवा तथा खेलकुद बिभाग प्रदेश प्रमुख देवि सुवेदी, कास्की सहसंयोकज शम्भु खाती परियार, महिला शक्ति कास्की संयोजक लक्ष्मी खाती परियार, वडा १७का उत्प्रेरक टिकाराम पौडेल, माछापुच्छ«े गाउपालिका संयोजक तोयानाथ, युवा शक्ति कस्कीका सहसंयोजक रेशम योगि, समाजवादी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य हरि थापा, पोले महानगर समिति सहसंयोजक कमला भण्डारी, लक्की शर्मा देवकोटा, सनफ्लावर पार्टी प्यालेसका संचालक नारायणराज लम्साल, जनप्रिय स्ववियु सदस्य सुमित्रा पौडेल लामिछाने, साहित्यकार प्रेम कटुवाल, समाजवादी निर्माण मजदुर संघ कास्कीका संयोजक नविन बोगटीलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
बैठकले २१ सदस्यीय महिला शक्ति वडा नं. १७ गठन गर्दै संयोजकमा निरु गुरुङ र सहसंयोजकमा विन्दु थापा केसीलाई चयन गरेको छ । संयोजक गुरुङले आफु निष्ठापूर्वक कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिईन् । बैठकको अध्यक्षता वडा १७का संयोजक दिपक भण्डारीले गरेका थिए भने बैठकमा स्वागत मन्तव्य कमला रानाभाटले गरेकी थिईन् ।

LEAVE A REPLY