नुवाकोट, वैशाख १ – नयाँ वर्ष मनाउन ककनीतर्फ आउँदै गर्दा नुवाकोटको ओखरपौवामा स्कुटर दुर्घटनामा परेर एक युवतीको ज्यान गएको छ । दुर्घटनामा एक युवती गम्भीर घाइते भएकी छिन् ।

काठमाडौंबाट ककनीतर्फ आउँदै गरेको बा ७९ प ९०९८ नम्बरको स्कुटर बालाजु त्रिशुली सडक खण्डको ककनी गाउँपालिका वडा नं. १ ओखरपौवाको पहिरोमा दुर्घटना हुँदा स्कुटर चालक काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ११ जरंखुकी २० वर्षकी रुपा लामाको घटनास्थलमै ज्यान गएको ककनी प्रहरी चौकीका प्रहरी निरीक्षक कैलाश भट्टराइले जानकारी दिनुभयो ।

सडकबाट १० मिटर तल पहिरोमा खसेर भएको दुर्घटनामा मृतककी साथी काठमाडौं महानगरपालिका नयाँबजारकी २२ वर्षकी सिर्जना श्रेष्ठ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

@Ujyaaloonline

LEAVE A REPLY