काठमाडौं, चैत १८ – रामबाबु गुरुङको निर्माण र दीपेन्द्र लामाको निर्देशन रहेको सिनेमा ‘घामपानी’ नयाँ वर्षको अवसर पारेर बैशाख १ मा रिलिज हुँदैछ । ८० लाख रुपैयाँ लगानी गरेर निर्माण भएको यो सिनेमा अन्य दुई चलेका ब्यानरबाट निर्मित सिनेमा ‘राधे’ र ‘लभ लभ लभ’सँग भिड्दैछ ।
‘घामपानी’ले रिलिज हुने अन्य दिन नपाएर यी दुई सिनेमासँग भिड्न लागेको भने होइन । ‘घामपानी’ टोलीको लागि त्यो दिन अर्थात बैशाख १ विशेष भएका कारण सिनेमा त्यहि दिनमा रिलिज हुने भएको हो ।

खास कुरा के भने त्यो दिन सिनेमाका मुख्य कलाकार दयाहाङ राईको जन्मदिन हो । जन्मदिनमा दर्शकलाई दयाको उपहार स्वरुप सिनेमा रिलिज गर्न लागिएको निर्देशक दिपेन्द्र लामाले जानकारी दिए ।  दर्शकलाई दयाको उपहार सिनेमा हुनेछ भने दर्शकले पनि उनलाई सजिलै उपहार दिन सक्ने छन् । आफ्नो जन्म दिनमा दर्शक हलसम्म गएर सिनेमा हेर्नु नै दयाको लागि विशेष उपहार हुनेछ ।

@उज्यालो / forseenetwork

LEAVE A REPLY