पोखरा,१७ चैत । हुन्डाई मोटर कम्पनिको नेपालको लागि आधिकारी विक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले हुन्डाइ गाडीको गण्डकी र धौलागिरीको लागि आधिकारी विक्रेता एल. आई मोर्टस प्रालि बुद्धचोक पोखराले नयाँ ग्रान्ड आइ टेन फेस विहिबार पोखरा बजारमा सार्वजनिक गरेको छ ।
लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालि तथा लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठले नयाँ ग्रान्ड १० फेस लिप्टको एक कार्यक्रमका विच अनाबरण गरेका छन । लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले पोखरा सहित नेपाल भर एक साथ नयाँ ग्रान्ड आइ १० फेस गाडीको सार्वजकि गरेको हो ।
हुन्डाई मोटर्सले ग्राहकको बढदो चाहना र बजारको परिर्वति चाहनालाई प्राथमिकतामा राख्ने क्रमलाई निरन्तरता दिदै नयाँ बोल्ड र स्टाइलिसमा उक्त मोटरलाई नेपालि बजारमा ल्याएको छ । बजारमा आएको नया गाडीमा रेडिफाइनिड एस्टीरियर स्टाइल सहित हाइटिच फिर्चस सगै इमप्रोभिइड प्रफेमेन्सका साथमा फियूल इफिसेन्सी गाडीको प्रमुख विशेषेसता रहेको कम्पनिले बताएको छ ।
हुन्डाई गाडीको आइ टेन हुन्डाइ कम्पनिको एक उत्कृष्ट उत्पादन रही आएको र धेरै भन्दा धेरै ग्राहकको मन जित्न सफल भएको एल आई मोटर्स प्रालिका सेल्स अफरेसन इन्चार्ज भीमसिंह खत्रीले बताएका छन । नयाँ ग्रान्ड आइ टेनले ग्राहकलाई सोहि किसिमको अनुभब र सुविधा प्रधान गर्नेमा सेल्स इन्चार्ज खत्रीको अपेक्षा रहेको छ ।
विहिबार सार्वजनिक गरिएको गाडीमा एक्टीरियर बोल्ड, स्पोटी र डाइनामिक स्टाइल तेसै गरि लक्जरी हाई टिच अपिलमा केन्द्रीत रहेर अगाडीको भागमा नया डम्पर र नया लिड डिआरएलस रहेको नया गाडीलाई पृथक तरिकाले उत्पादन गरि कम्पनिले बजारमा पढाएको छ ।
बजारमा सार्वजनिक गरिएको गाडीकोे ग्राउन्ड किलियरेन्स १७६ एम एम रहेको छ भने पेट्रोल इन्जिनमा उपलब्ध मोटरले प्रति लिटर १९ किलो मिटर सम्म माइलेज दिने छ । एक महिना भित्र कुनै पनि ग्राहकले गाडी बुक गरेको खण्डमा ग्राहकले एक बर्ष सम्म ( ०% ) जिरो प्रतिशत ब्याज दरमा गाडी लिन सक्ने र नया उक्त गाडीको बजार मुल्य ३२ लाख ५६ हजार रहेको कम्पनिले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

LEAVE A REPLY