पोखरा, २ वैशाख l धादिङ–पोखरा सम्पर्क समाजले नयाँ वर्षको अवसरमा शुभकामना आदान–प्रदान, क्यालेण्डर विमोचन तथा ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम आयोजना ग¥यो ।

क्यालेण्डर विमोचन तथा ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाका प्रमुख सेनानी (कर्नेल) राजन अधिकारीले गरेका थिए । धादिङ मार्पाक निवासी उनले पोखरामा रहेका धादिङवासीहरुले गरेको प्रगति सुनेर आफूले निकै गर्वको अनुभूति गरेको बताए । उनले धादिङ समाज र धादिङवासीलाई आवश्यक परेको सहयोग गर्न सदैव तयार रहेको स्पष्ट पारे ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै समाजका सल्लाहकार परिषद सदस्य तथा पूर्व अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, सल्लाहकार एवं निवर्तमान अध्यक्ष गोकर्ण लम्साल, नेपाली कांग्रेस धादिङ–पोखरा सम्पर्क सदनका सभापति केदार धमला, धादिङ पत्रकार समाज कास्कीका अध्यक्ष रञ्जन अधिकारी लगायतले पोखरामा धादिङ समाजप्रति हेर्ने दृष्टिकोण निकै सकारात्मक रहेकाले त्यसलाई कायम गर्न धादिङवासी बीच एकतामा जोड दिएका थिए ।

समाजका अध्यक्ष युवराज खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष शम्भु अधिकारीले र संचालन महासचिव हरि पन्तले गरेका थिए ।

कार्यक्रममा धादिङबाट पोखरा आइ बसोबास गर्ने ६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा धादिङ फूलखर्क निवासी ८६ वर्षीया पदमकुमारी विक, आगिन्चोक निवासी ८९ वर्षीया काशी रुपा पाण्डे, कल्लेरी निवासी ७४ वर्षीया विष्णुमाया खतिवडा, खाल्टे निवासी ७३ वर्षीय नीलकण्ठ खतिवडा, ७१ वर्षीया चित्रकुमारी खतिवडा र नीलकण्ड नपा–९ निवासी ७४ वर्षीय लोकबहादुर श्रेष्ठ रहेका छन् ।
सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीको कार्यसमिति सदस्य पदमा अधिक मतका साथ विजयी हुने आजीवन सदस्य समेत रहेका धादिङ पत्रकार समाज पोखराका अध्यक्ष रञ्जन अधिकारीलाई सम्मान समेत ग¥यो ।

LEAVE A REPLY