धादिङ, चैत २० l स्थानीय तहको चुनाव नजिकिँदै गर्दा धादिङमा राजनीतिक सरगर्मी बढ्दै गएको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी अभियानलाई गाउँगाउँसम्म लगेका छन् । यस्तै उम्मेद्वार को बन्ने भनेर पनि चर्चा सुरु भएको छ ।  दुई नगरपालिका र ११ गाउँपालिका रहेको धादिङमा अहिले चुनावी माहोल निकै बढेको छ ।

सबैभन्दा बढी मतदाता भएको थाक्रेगाउँपालिका र सबैभन्दा कम मतदाता भएको रुबीभ्याली गाउँपालिकामा समेत हरेक दिन एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाले आफ्नो कार्यक्रम संचालन गरिरहेका छन् । नयाँ वडा र टोलमा मतदातालाई आफूतिर तान्नका लागि प्रवेशको लहर नै चलाइरहेका छन् ।

जिल्लाको ठूलो मानिएको नीलकण्ठ नगरपालिकामा चुनावको लागि दलहरु उम्मेद्वार छान्नका लागि तयारी गरेका छन् तर अहिलेसम्म टुंगो लागेको छैन । एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले जिल्ला तहका शक्तिशाली नेतालाई उम्मेद्वार बनाउने तयारी गरेका छन् ।

@Ujyaaloonline

LEAVE A REPLY